• ट्रेण्डिङ्ग :
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • 6.7K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 10.3K Views

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

    काठमाडौं/ सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकले सरकारसँग वार्ता थालेका छन्। बुधबार काठमाडौंमा विशाल प्रदर्शन गरेका उनीहरु बिहीबार सरकारसँग वार्तामा बसेका हुन्। आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि वार्ता सुरु भएको छ ।

    images

    वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  शिक्षा सचिव सुरेश अधिकारी छन् । यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

    शिक्षकहरुले आन्दोलन घोषणा गर्दा नै सरकारले वार्ताको लागि आह्वान गरेको थियो। शिक्षामन्त्री राईले वार्ताका लागि आह्वान गरेपनि शिक्षकहरुले वार्ता अस्वीकार गरी बुधबार काठमाडौंमा प्रदर्शन गरेका थिए । 


    तेस्रो आँखा