• ट्रेण्डिङ्ग :
सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन

सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन


  • 3.6K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौं/ संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता थालेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । गृहमन्त्रीसँगको वार्ता भने निष्कर्षविहीन भएको छ ।

    images

    कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले जानकारी दिए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए । वार्तामा शिक्षामन्त्री अशोक राई समेत उपस्थित थिए ।

    संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।


    तेस्रो आँखा