• ट्रेण्डिङ्ग :
गगनको आग्रह-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

गगनको आग्रह-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ


  • 4.0K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    गगनको आग्रह-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

    काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउने आश्वासन दिँदै विद्यालय बन्द नगर्न अनुरोध गरेका हुन् ।

    images

    उनले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताए । ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ,’ प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले भनेका छन्, ‘संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’

    शिक्षा विधेयक संसद्मा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए । शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।


    तेस्रो आँखा