नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइल सेटसहित ४ जना भारतीय पक्राउ

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइल सेटसहित ४ जना भारतीय पक्राउ


  • 4.6K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइल सेटसहित ४ जना भारतीय पक्राउ

    बाँके/ बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार जना भारतीय नागरिकलाई ३२ वटा मोबाइल सेटसहित पक्राउ गरेको छ । 

    images

    जहाजमा काठमाडौँ जाने तयारी गरेका भारत मध्य प्रदेशका चार जनालाई ३२ वटा मोबाइल सेटसहित नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । पक्राउ पर्नेमा अमित सोलंकी, सचिव कुकरेजा, कमल बंसारी र अमित रहेका छन् । उनीहरू बुद्ध एअरबाट काठमाडौँ जाने तयारीमा थिए । 

    बाँके प्रहरीले उनीहरूले चोरेको ल्याएको मोबाइल काठमाडौँ विक्री गर्न लैजान थालेको आशङ्का गरेको छ । पक्राउ परेका भारतीयले भने बिग्रेका मोबाइल काठमाडौँ बनाउन लैजान थालेको दाबी गरेका छन् । उनीहरूबाट भिभो, ओप्पो, रेडमी र सामुसङ कम्पनीका मोबाइल सेट बरामद गरिएको छ । यसबारे थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा