बाँकेको डुडुवा स्थित बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु

बाँकेको डुडुवा स्थित बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु


  • 3.9K
    SHARES
    • आश्विन ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    बाँकेको डुडुवा स्थित  बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु

    बाँके ५ असोज/ झडप भएको बाँकेको जयन्दु बालसुधार गृहमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीसँगै मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पनि त्यहाँ पुगेको छ । त्यहाँको स्थिति अझै तनावग्रस्त छ । कैदीबन्दीहरुले पत्रकार र अधिकारकर्मीको टोलीलाई देखेपछि झनै बबाल मच्चाएका छन् । गएराति त्यहाँ रहेका दुई पक्ष कैदीबन्दीबीच झडप हुँदा १ जनाको मृत्यु भइसकेको छ भने १० जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

    images

    प्राप्त सूचना अनुसार लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप भएको हो । लागूऔषध सेवन गर्ने कैदीबन्दीले सेवन नगर्नेलाई हेप्ने, पिट्ने भएका कारण लागूऔषध सेवन नगर्ने समूह उनीहरुमाथि जाइलागेका हुन् । सोही झडपमा सुलभ केसीको मृत्यु भएको हो भने अन्य १० जनाको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते भएका १० जना मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । कैदीबन्दीहरुले बाल सुधार गृहलाई पूरै तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्थितिलाई शान्त बनाउने प्रयास गरिरहेको जनाएको छ ।

    बालसुधार गृहमा कैदीबन्दीहरुले बन्दी गृहको गेट नै भित्रबाट लगाएकाले प्रहरीभित्र पस्न सकिरहेको छैन । अवस्था अझै तनावग्रस्त रहेपनि अहिले प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ । उनीहरुले भित्रबाट आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् ।त्यहाँ खटिएका एक प्रहरी निरीक्षकका अनुसार उनीहरुको माग के हो भन्ने थाहा हुन नसकेको र त्यहाँका अलि जान्ने बुझ्ने कैदीबन्दीलाई आएर संवाद गर्न प्रहरीले अनुरोध गरिरहेको जानकारी दिएका छन् ।


    तेस्रो आँखा