• ट्रेण्डिङ्ग :
माबि सौडियारमा अग्रेजी माध्यमबाट पढाई सुरु  

माबि सौडियारमा अग्रेजी माध्यमबाट पढाई सुरु  


  • 4.9K
    SHARES
    • आश्विन ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    माबि सौडियारमा अग्रेजी माध्यमबाट पढाई सुरु  

    दाङ, ५ असोज/ घोराही ७ सौडियार स्थित मावि सौडियारमा स्थायी शिक्षकहरुको आन्दोलन चलिरहेकै बेला बिब्यसकै पहलमा अग्रेजी माध्यमबाट पढाई सुरुभएको छ । पढाई सुचारु गरेकोमा शिक्षकलाई बिब्यसले धन्यवाद दिएको छ । आईतबारदेखि नियमित कक्षा सुरु हुने बिब्यसले जनाएको छ ।

    images

    आन्दोलनले उठाएका जायज मागप्रती बिब्यसको समर्थन हुँदा हुँदै पनि बिद्यालयका प्रअ ज्ञानेन्द्र गौतमले नै आफै आन्दोलनकारी भएको र बिद्यालय खुल्ने भनेपछि बन्द गर्न दबाब आएकाले बिद्यालय खुलाउन नसक्ने ब्यहोरा उल्लेख गर्दै कारबाही भोग्न तयार रहेको बताएपछि बिब्यस सदस्य जिउधन चौधरीको पहलमा बिद्यालयको मुल गेट बाहिर र पछि ताला खोलेर बिद्यालयको प्राङ्गणमा वसेर शिक्षकले पढाउन सुरु गरेको बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले बताए । त्यसको लागि बिब्यसको अनुरोधलाई स्विकार गर्दै आन्दोलनलाई सिर्जनात्मक बनाउने कुरामा सहयोग गरेकोमा शिक्षकप्रति अध्यक्ष भट्टराईले आभार ब्यक्त गरे ।

    आइतबारबाट बिहानको प्लस टु र नेपाली मिडियमको पढाई पनि सुरु गर्ने बिब्यसको भनाई छ । यदि स्थायी शिक्षकहरुले आफ्नो दायित्व भुलेर आन्दोलनमा जारि राख्ने भए आन्दोलनको समयमा आफै बिदामा बस्न पनि अध्यक्ष भट्टराईले  अनुरोध गर्दै अन्यथा कानुन बमोजिम हुने कुरामा सचेत गराएका छन । पहिलो दिन थोरै बिद्यार्थी उपस्थित भएपनि पढाई सुरु गरिएको भन्दै बिब्यस सदस्य जिउधन चौधरीले बालबालिकाको भबिष्यप्रती खेलवाड नगरौ भन्ने शन्देश दिन बिद्यालय खोलीएको बताए ।


    तेस्रो आँखा