नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित दुई यूवक पक्राउ

नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित दुई यूवक पक्राउ


  • 7.8K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित दुई यूवक पक्राउ

    काठमाडौं, १२ पुस । काठमाडौं चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ६० एम्पुल डाईजेपाम, १ सय ६० एम्पुल नुर्फिन र १ सय ६० एम्पुल फेनारगन सहित २ जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा नवलपरासी पालिनन्दन गाउँपालिका—३ बस्ने २९ वर्षीय राजुराम अबध जैसवाल र सोही ठाउँ बस्ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् ।

    भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु—१ ख ८७०० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

  • सम्बन्धित विषय:

  • # नागढुङ्गा

  • तेस्रो आँखा
    लेखकबाट थप