• ट्रेण्डिङ्ग :
अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ


  • 16.8K
    SHARES
    • आश्विन १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 25.9K Views

    अभिनेता अनमोल केसी पक्राउ

    काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो ।

    images

    चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो । फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनमोललाई पक्राउ गरेको हो ।

    पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो । उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो ।

    तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए । उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रबार पक्राउ गरेको हो ।


    तेस्रो आँखा