• ट्रेण्डिङ्ग :
‘लेखनाथको महिमा’ सार्वजनिक

‘लेखनाथको महिमा’ सार्वजनिक


  • 4.2K
    SHARES
    • श्रावण ७, २०८३ बिहीबार
    • १ महिना अघि
    • 6.4K Views

    ‘लेखनाथको महिमा’ सार्वजनिक

    पोखरा । सात तालको बगैँचा नगरी तथा कविशिरोमणि लेखनाथ पौडेलको जन्मभूमि साविक लेखनाथ नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटेर तयार पारिएको भक्तिमय भजन ‘लेखनाथको महिमा’ सार्वजनिक गरिएको छ।

    images

    बेगनासताल भजन समूहको प्रस्तुतिमा निर्माण भएको यस भजनले लेखनाथ क्षेत्रका प्रमुख मठ–मन्दिर, ताल, पर्यटकीय स्थल तथा अनुपम प्राकृतिक सौन्दर्यलाई आकर्षक दृश्यमार्फत प्रस्तुत गरेको छ। लेखनाथ क्षेत्रलाई नजिकबाट जान्न, बुझ्न र यसको धार्मिक तथा पर्यटकीय महत्त्वबारे जानकारी लिन चाहनेहरूका लागि यो भिडियो उपयोगी सामग्री बनेको छ।

    भजनका शब्द, स्वर तथा प्रस्तुति बेगनासताल भजन समूहका अध्यक्ष तथा भजन गायक हरि प्रसाद ढकालले गर्नुभएको हो। उहाँसँगै गजलकार बबिता भुसाल बराल र भजन गायिका सन्जु लामिछानेको सुमधुर स्वर तथा अभिनयले भजनलाई अझ प्रभावशाली बनाएको छ।

    भिडियोमा लेखनाथ क्षेत्रका धार्मिक स्थल, बेगनासताल लगायतका प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचानलाई कलात्मक ढङ्गले समेटिएको छ। यसले धार्मिक आस्था मात्र होइन, लेखनाथको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    यो भक्तिमय भजन पोखरा महानगरपालिका वडा नं. ३१को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो। रेकर्डिङ डिजिटल स्टार पोखरामा तारानाथ आचार्यले गर्नुभएको हो भने छायांकन Sanjeevfilms (सञ्जीव घिमिरे र सुशील थापा)ले गरेका छन्।

    बेगनासताल भजन समूहका अनुसार ‘लेखनाथको महिमा’ ले सम्पूर्ण भक्तजनमा धार्मिक आस्था, सकारात्मक ऊर्जा र मानसिक शान्तिको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

    भजनमा बेगनासताल भजन समूहका पदाधिकारी, स्थानीय आमा समूह, विभिन्न सामाजिक संस्था तथा कलाकारहरूको उल्लेखनीय सहयोग रहेको छ।

    उक्त भजन ‘बेगनासताल भजन समूह’ नामक YouTube च्यानलमार्फत सार्वजनिक गरिएको छ। दर्शक तथा श्रोताहरूलाई भजन मन परेमा भिडियो Like, Share तथा च्यानल Subscribe गरेर सहयोग गरिदिन पनि समूहले अनुरोध गरेको छ।


    बिरेन्द्र पौडेल
    लेखकबाट थप