• ट्रेण्डिङ्ग :
एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : कप्तान पौडेल

एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : कप्तान पौडेल


  • 6.1K
    SHARES
    • आश्विन १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.4K Views

    एशियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : कप्तान पौडेल

    काठमाडौं, १७ असोज । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह स्वदेश फर्किएको हो । 

    images

    स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । उनले विश्व रेकर्ड बन्दा टिम धेरैनै खुशी भएको बताए । 

    आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । पौडेलले टी– २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए । त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए । अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताए ।


    तेस्रो आँखा