• ट्रेण्डिङ्ग :
चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न माग

चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न माग


  • 2.8K
    SHARES
    • आश्विन १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न माग

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ । 

    images

    त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका चिकित्सक र स्वास्थ्यकर्मी स्वदेश तथा विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरेकाले केही उच्छृङ्खल तत्वले उपचारमा लापरबाही भयो भनेर शृङ्खलाबद्ध रूपमा आक्रमण गनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले चिकित्सक र स्वास्थ्यकर्मीले रातदिन, बिरामीको चित्कार, पारिवारिक समस्या, चाडबाड, बाढीपहिरो, महामारीलगायतका परिस्थितिमा पेसागत निष्ठामा रहेर काम गरेकाले सम्मान गर्न आग्रह गरेको छ । 


    तेस्रो आँखा