बाँके १९ असोज/ कोहलपुर नगरपालिकाभित्र मदिरा प्रसारमा राखेका बोर्डहरूमा हटाउने अभियान जारी गरेको छ । कोहलपुर नगरपालिकाले साउन पहिलो हप्ता देखि सूचना जारी गर्दै विभिन्न मदिरा कम्पनीहरूले प्रचारको लागि बनाएको बोर्डहरू हटाउँदै आएको छ ।
नगर क्षेत्रमा आफ्नो व्यवसायको बोर्ड बाहेक अन्य मदिरा कम्पनीहरूले आफ्नो प्रचारको लागि राखिएको बोर्डहरू हटाउँदै गएको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिए । थापाले‘पहिलो सूचना जारी भएपछि करिब ५० जना व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा बोर्डहरू हटाएको बताए ।
अहिलेसम्म स्वतःस्फूर्त रुपमा हटाउनुभएको छ, व्यवसायीहरूले आफ्नो ब्यानर करिब ३० स्क्विार फिट बराबरको ब्यानर राख्नुपर्ने अन्य मदिरा र थप अन्य बोर्डहरू हटाउँदै गएको नगर प्रहरी प्रमुख थापाले बताए । थापाका अनुसार आजबाट नहटाएका स्थानहरू हेरफेर गरेको र भोलीबाट नगर प्रहरीले सक्ने जति हटाउने अझै ठुला ठुला बोर्डहरू भएको खण्डमा मेसिनले हटाउने जानकारी दिए ।
