• ट्रेण्डिङ्ग :
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने


  • 3.8K
    SHARES
    • आश्विन १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने

    काठमाडौं, १९ असोज। दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए ।

    images

    त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

    वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।


    तेस्रो आँखा