• ट्रेण्डिङ्ग :
नयाँ नोट सटही असोज २९ गतेदेखि

नयाँ नोट सटही असोज २९ गतेदेखि


  • 2.8K
    SHARES
    • आश्विन २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    नयाँ नोट सटही असोज २९ गतेदेखि

    काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी  यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैङ्कले आइतबार सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । 

    images

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैङ्कबाट त्यस्ता नोट लिनुपर्नेछ ।

    काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।


    तेस्रो आँखा