तुलसीपुर २२ असोज/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा दंगीशरणमा कार्यक्रम सकेर देउखुरी जाने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ शितलपुरमा लु १ झ ७३७ नं. को गाडी दुर्घटना भएको हो ।
सडकमा एक्कासी आएको बच्चालाई चालकले बचाउन खोज्दा गाडी खाल्डोमा खसेको अर्थमन्त्रीका प्रेस सल्लाहकार दीपक बोहोराले जानकारी दिए । गाडीमा अर्थमन्त्री सहित पाँच जना सवार रहेको र सबैलाई सामान्य चोट लागेको प्र्स सल्लाहाकार बोहराले बताए ।
