एकिकृत समाजवादी र जनवादी पार्टी बीचको एकताः ‘बा’ प्रवृत्तिको अन्त्य गर्नः नेपाल

एकिकृत समाजवादी र जनवादी पार्टी बीचको एकताः ‘बा’ प्रवृत्तिको अन्त्य गर्नः नेपाल


  • 6.9K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    एकिकृत समाजवादी र जनवादी पार्टी बीचको एकताः ‘बा’ प्रवृत्तिको अन्त्य गर्नः नेपाल

    काठमान्डौं १३, पुस—नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिचमा एकता भएको  छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गर्दै पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्व एकिकृत समाजवादी र माओवादी केन्द्रसंग विद्रोह गरेर आएको जनवादीबीच एकता भएको हो । एकता समारोहमा बोल्दै एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई अझै एकताबद्ध बनाउँन दुई पार्टीको एकताले महत्वपुर्ण सहयोग पुग्ने बताए । 

    images

    उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताए । उनले आफ्ना कार्यकर्ताहरुलाई कसरी काम गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए ।

    उनले पष्पलालले रोपेको सानो कम्युनिष्टको विरुवा आज फैलिएर यो अवस्थामा आएको र आफुहरु पनि अब छिट्टै देशको एक प्रमुख कम्युनिष्ट पार्टी बन्ने दावी गरे । पार्टी लाई सशक्त बनाउन सबैभन्दा बढी इमानदारीता र हिम्मत आवश्यक हुनाले सो हिम्मत र इमानदारिता कायम राख्न आग्रह गरे । 

    फरक प्रशंगमा केपी ओलीलाई व्यङ्ग्य गर्दै प्रतिगमनकारीहरु संसारबाट सँधै ओरालो लागेर सिद्धिएको र केहि प्रतिगमनकारीहरुको बाटो त्यसतर्फ लागिसकेको बताए । काम, योग्यता र अनुभवका आधारमा उपयुक्त स्थानमा पार्टीको पदिय जिम्मेवारी बाँटफाट गर्न निर्देशन दिदै अन्य पार्टी जस्तो व्यक्तिवाद र ‘बा’ वादलाई आफ्नो पार्टीमा ठाउँ नभएको दावी गरे । 

    नेकपा जनवादी पार्टीका अध्यक्ष देवेन्द्र सिंह महताले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भ्रष्टचार र कमेडीमा प्रतिस्पर्धा गर्न नसक्ने दावी गरे । उनले नेपालको फरक विचार र गलत कामको विरोधमा सबैभन्दा अगाडी उभिने र त्यसको विरुद्धमा बोल्ने फरक विचारले प्रभावित भएको बताए । 

    उनले जनताको सरल र सहज जीवन यापनको अधिकारका लागी सँधै आवाज उठाउने र त्यसकै लागी लड्ने भनेर एकिकृत समाजवादी पार्टीसँग एकता भएको बताए । कार्यक्रममा नेता बेदुराम भुसालले ओली प्रवृतिको अत्यहुन आवश्यक रहेको      बताए । एकतापछि पार्टीको अध्यक्ष, नाम, चुनाव चिन्ह एकिकृत समाजवादीकै रहने सहमति भएको छ ।