• ट्रेण्डिङ्ग :
सगरमाथा वालवाटिका स्कुलमा बिश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

सगरमाथा वालवाटिका स्कुलमा बिश्व मानसिक स्वास्थ्य दिवस मनाइयो


  • 6.7K
    SHARES
    • आश्विन २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 10.3K Views

    सगरमाथा वालवाटिका स्कुलमा बिश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

    दाङ, २३ असोज । तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा वालवाटिका इङ्लिस स्कुलको सहकार्य एवं तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यसवर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गराउने हेतुका साथ यो कार्यक्रम मनाइएको हो।

    images

    विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता, डा. मेगाना नेपालको प्रमुख आतिथ्यता एवम् विद्यालयका सिइओ यमकान्त खरेल र डा. सन्दिप न्येउपानेको बिशिस्ट आतिथ्यता तथा सिटि हस्पिटलका सिइओ ऋषि रन्जन चौधरी र संचालक समिति सदस्य एवम् सुचना अधिकारी बुद्धि सापकोटाको उपस्तिथिमा कार्यक्रम सप्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि डा. मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताउँछिन।

    यसैगरी कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् बिशिस्ट अतिथि डा. सन्दिप न्येउपाने भन्छन् ‘मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निराशा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ, व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ। 

    दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ । उनकाअनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिन सके डिप्रेसनलाई कम गर्न सकिने डा. न्येउपाने बताउँछन।

    कार्यक्रमका अध्यक्ष एवम् बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले यस्ता सचेतना फैलाउने कार्यक्रम समय समयमा आयोजना गर्न आवश्यक बताउछन। हरेक मानिस मानसिक रुपमा स्वस्थ रहन सके मात्र स्वस्थ परिवार, समाज र राष्ट्र निमार्ण गर्न सकिने वलीले बताए । कहिले पनि आफुलाई अरुसँग तुलना नगरी आफूसँग जे छ त्यसैमा सन्तुष्टि हुनु मानिसको बुद्धिमानी हो, सन्तुष्ट हुन नसक्नु भनेको विभिन्न तनाबको कारण मानसिक समस्यामा परी जीवननै अस्तब्यस्त बनाउनु हो, वली भन्छन । 

    यसैगरी सिटि हस्पिटल संचालक समिति सदस्य एवम् सूचना अधिकारी बुद्धि सापकोटाले सगरमाथा इङ्लिस स्कुलसँगको सहकार्य र समयानुकूल आयोजना गर्ने कार्यक्रम सार्है नै स्राहनीय भएको बताएका छन। विद्यालयका सिइओ यमकान्त खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम बिद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाले सहजीकरण गरेका थिए।


    तेस्रो आँखा