• ट्रेण्डिङ्ग :
इजरायलमा सम्पर्कविहीन नेपाली विद्यार्थीको खोजी कार्य जारी

इजरायलमा सम्पर्कविहीन नेपाली विद्यार्थीको खोजी कार्य जारी


  • 4.4K
    SHARES
    • आश्विन २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    इजरायलमा सम्पर्कविहीन नेपाली विद्यार्थीको खोजी कार्य जारी

    काठमाडौं, २४ असोज। इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी राखेको जनाएको छ ।

    images

    दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरुमा खोजी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

    ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।


    तेस्रो आँखा