• ट्रेण्डिङ्ग :
बझाङमा फेरि गयो भूकम्पको परकम्प

बझाङमा फेरि गयो भूकम्पको परकम्प


  • 2.7K
    SHARES
    • आश्विन २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    बझाङमा फेरि गयो भूकम्पको परकम्प

    बझाङ २५ असोज/ बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो ।

    images

    भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

    गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो । अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका-५ का राजेश कार्कीले बताए ।

     


    तेस्रो आँखा