• ट्रेण्डिङ्ग :
इजरायलबाट २५३ जना नेपाली काठमाडौं आइपुग्दै

इजरायलबाट २५३ जना नेपाली काठमाडौं आइपुग्दै


  • 2.8K
    SHARES
    • आश्विन २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    इजरायलबाट २५३ जना नेपाली काठमाडौं आइपुग्दै

    काठमाडौं, २५ असोज । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किदै छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

    images

    नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।

    नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

    त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा