प्रदेशलाई  समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य : मन्त्री मास्की

प्रदेशलाई  समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य : मन्त्री मास्की


  • 5.1K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    प्रदेशलाई  समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य : मन्त्री मास्की

    निरला अर्याल, तुलसीपुर २८ असोज/ लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की लुम्बिनी प्रदेशलाई  समृद्ध प्रदेश र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएका छन् । तुल्सी उपभोक्ता सहकारी संस्था द्धारा संचालित तुल्सी मार्ट को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले  सहकारी मार्फत स्थानीय उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु बिक्री वितरण  आर्थिक अवस्था बलियो हुने बताए ।

    images

    लुम्बिनी प्रदेशमा करिब दुई लाख जनालाई रोजगारी दिने सम्भावनाको खोजी गर्न लागिएको छ उनले भन् । व्यक्तिगत स्वार्थ  र सत्ता टिकाउन को लागि देशको अस्मिता माथि गरेको  खेलवाड ले देशको अर्थतन्त्र धरासायी भएको समेत छ  मास्कीले भन् । तुल्सी उपभोक्ता सहकारीका अध्यक्ष्य भास्करराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला संघ सचिव शुक्रराज भण्डरीले सहरकारी मार्फत आर्थिक अबस्था  चलायमान हुने बताए । अझै पनि विदेश बट सामना आयात गरी मार्ट सञ्चालन गर्नु पर्ने अवस्था छ ।  

    तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य राम प्रसाद चालिसे सहकारी मार्फत नागरिकहरुको विश्वसनीय कम भएको बताए ।  सहकारीको नाममा भएको विकृति र अविश्वसनीयता लाई चिर्न राज्य गम्भीर हुनुपर्ने बताए । सुपथ मूल्यमा गुणस्तरीय समान बिक्री वितरण गर्ने उद्देशयसहित सञ्चालन भएको मार्टमा  एकसय पचास जना सेयर सदस्य रहेको मार्ट करिब एक करोड पन्ध्र लाख लगानीमा सञ्चालनमा अध्यक्ष्य भास्करराज गौतमले जानकारी दिए । कार्यक्रमको सहजीकरण  संस्थाका उपाध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।


    तेस्रो आँखा