• ट्रेण्डिङ्ग :
इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त

इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त


  • 2.5K
    SHARES
    • आश्विन २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त

    काठमाडौं । इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव प्राप्त भएका छन्।

    images

    इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार, नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेसराज विष्ट र आशीस चौधरीको शव प्राप्त हाे । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जानकारी पनि दूतावासले दिएको छ । सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको छ । साथै, उपलब्ध संयन्त्रहरुको प्रयोग गरी सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीव्र पारिएको छ । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन्।

    5.png


    तेस्रो आँखा