• ट्रेण्डिङ्ग :
दशैंका बेला ३२८ कर्मचारी काजमा

दशैंका बेला ३२८ कर्मचारी काजमा


  • 2.9K
    SHARES
    • कार्तिक २, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    दशैंका बेला ३२८ कर्मचारी काजमा

    काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयका कर्मचारी दशैंका बेला आफूलाई पायक पर्ने कार्यालय छानी काजमा गएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले बुधबार सिंहदरवार भित्रका ३१ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा ३२८ जना कर्मचारी काजमा खटिएको पाइएको छ ।

    images

    दशैं बिदा हुनुभन्दा एक हप्ता अगाडि बिदा समाप्त भएको मितिले एक हप्ता पछाडिसम्म काजमा खटिएका कर्मचारीको अनुगमन गर्दा त्यस्तो पाइएको सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुुसार यसरी खटिने अधिकांश कर्मचारी अधिकृतभन्दा तल्लो तहका रहेका छन् ।

    कर्मचारीहरू दशैंको मुखमा काज मिलाई घर गएको गुनासो आएपछि केन्द्रले अनुगमनको क्रममा अत्यावश्यक सेवामा अनुगमनको नाममा धेरै कर्मचारी गएको भेटाएको हो । मन्त्रालय, आयोग, विभाग, प्राधिकरण र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी रहेको सतकर्ता केन्द्रले जनाएको छ ।


    तेस्रो आँखा