• ट्रेण्डिङ्ग :
रोट्रयाक्टको उपहारले अनाथ बालबालिका तुलसीपुरमा दसैँ मनाउँदै

रोट्रयाक्टको उपहारले अनाथ बालबालिका तुलसीपुरमा दसैँ मनाउँदै


  • 4.1K
    SHARES
    • कार्तिक ४, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    रोट्रयाक्टको उपहारले अनाथ बालबालिका तुलसीपुरमा दसैँ मनाउँदै

    तुलसीपुर, ४ कार्तिक । जुम्लाको १३ वर्षको विपना दास कक्षा ८ मा पढ्नु हुन्छ । सानो उमेरमा बुबा आमाको मृत्यु पछि अभिभावकविहिन बनेका दास अहिले भने तुलसीपुर उपमहानगपालिका १३ अम्बापुरमा रहेको ‘माया सदनमा’ बस्दै आएका छन् । जताततै बडा दसैको उमङ्ग छ तर विपनालाई भने बडादसैंले छुन सकेको छैन । 

    images

    शनिबार रोट्रयाक क्लव अफ तुलसीपुरले लत्ता कपडा र खाद्यान्न लिएर सदनमा पुगेपछि दसैँ आएको हो की भन्ने महसुस गरे । रोट्रयाक क्लवले विपनाको लागि कुर्थि लेगिज र खाने कुरा दिएपछि साँच्चिकै दसैँ आएको रहेछ भन्ने लाग्यो उनले भने । माया सदनले माया दिएर हुर्काएको विपनालाई रोट्रयाक्टले दसैंमा उपहार दिएपछि निक्कै खुसी भए । 

    विपना जस्तै आमाबुबाविहिन बाजुराका खगेन्द्र गिरीको पनि खुसीको सीमा छैन् । सदनमा गएर क्लवले गिरीको लागि नयाँ कपडा खाने कुरा दिएपछि आमा बुबा भएको जस्तै भएको छ हर्षका आँसु बगाउँदै भने । ‘सानो उमेरमा आमा बुबाको मृत्यु भयो । विगत ४ वर्षदेखि माया सदनमा बस्दै आएको छु अहिले कक्षा ७ मा पढ्छु । परिवारमा आमाबुबाको निधनपछि जुन चाडवाड आए पनि आफूलाई कुनै चाडबाडलाई नछुने गरेको उनको गुनासो थियो तर रोट्रयाक्ट क्लवले दिएको चाडबाडको कोसेलीले आफूलाई मात्र होइन सदनमा आश्रित सबै जनालाई दसैं आएको महसुस भयो ।’ उनले भने।  

    यदि माया सदन नभएको भए म अहिले चोक र गल्लीहरू चाहर्दै  हिँड्थे होला । अनि यो कोसेली पनि पाउने थिएन । गिरी अहिले भन्ने कसरी राम्रो पढ्ने र दुखी गरिबको बारेमा काम गर्ने भन्ने सोचिरहेका छन् । म जस्तै माया सदनमा २३ जना बस्नु हुन्छ जसले सुनौलो भविष्य कोरेको हुम्लाको एक किशोरीले भनिन् ।  जसले सदनमा रहेर सुनौलो भविष्य कोरिरहेका छन् । 

    अहिले सदनमा १५ जना किशोरी र ८ जना  किशोर रहेका छन् भने सुस्त श्रवण भएका ६ जना बालबालिका रहेको सदनका इन्चार्ज हरिश पाण्डेले जानकारी दिए । जुम्लाबाट स्थपना भएको माया सदन दाङ लगायत अन्य ७ जिल्लाहरूमा सेवा दिँदै आएको छ । आफू माया सदनबाट हुर्किएर अनाथ हरुको सेवाको लागि समर्पित हुँदै आएको इन्चार्ज पाण्डेले बताए । 

    रोट्राक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष ईनुप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पुर्व अध्यक्ष बिमल रिजाल, रोट्रयाक्ट क्लव अफ तुलसीपुर पुर्व अध्यक्ष सन्दिपन रिजाल, हेमराज बस्नेत, नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा दाङ्गका उपसभापति हरिहर पौडेल लगायतकाले अनाथ, असाहय र निम्न वर्गहरूको लागि रोट्रयाक्ट हरपल तयार रहेको बताउँदै शुभकामना प्रदान गरे । रोट्राक्ट क्लव अफ तुलसीपुर उपाध्यक्ष आकाश सिंह   स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका महासचिव किरण पुनले गरेका थए । क्लवले २३ जना बालबालिकाको लागि नयाँ कपडा, खाद्यान्न तथा मेडिकल कीट प्रदान गरेको हो । 

    रोट्राक्ट क्लव अफ तुलसीपुरका सहसचिव प्रभास श्रेष्ठ, रोट्राक्ट क्लव अफ तुलसीपुरका पुर्व अध्यक्ष रुपेश शर्मा लगायतकाले सौजन्य गरेको आयोजकले जनाएको छ ।


    तेस्रो आँखा