• ट्रेण्डिङ्ग :
पाल्पा जीप दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो

पाल्पा जीप दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो


  • 4.3K
    SHARES
    • कार्तिक ६, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    पाल्पा जीप दुर्घटना : मृतक ६ जनाको पहिचान खुल्यो

    पाल्पा, ५ कात्तिक । रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ ।

    images

    आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।

    घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल खोचमा खसेको छ । दुर्घटना कारण भने खुलेको छैन ।


    तेस्रो आँखा