• ट्रेण्डिङ्ग :
पेस्तोलसहित किशोरी पक्राउ

पेस्तोलसहित किशोरी पक्राउ


  • 3.5K
    SHARES
    • कार्तिक ८, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    पेस्तोलसहित किशोरी पक्राउ

    जनकपुरधाम, ८ कात्तिक । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं. ९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।

    images

    उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

    उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा