नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन


  • 9.4K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

    काठमाडौं, १४ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । 

    images

    राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र :एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।  

    सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # राजेन्द्र लिङ्देन

  • तेस्रो आँखा