• ट्रेण्डिङ्ग :
स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते


  • 2.6K
    SHARES
    • कार्तिक ९, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

    काठमाडौं, ९ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

    images

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

    उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सवार स्कुटर काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।


    तेस्रो आँखा