लुम्बिनीमा महासचिव गुटरेसको भ्रमण प्रधानमन्त्रीको उपस्थितिमा हुने

लुम्बिनीमा महासचिव गुटरेसको भ्रमण प्रधानमन्त्रीको उपस्थितिमा हुने


  • 2.3K
    SHARES
    • कार्तिक १३, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    लुम्बिनीमा महासचिव गुटरेसको भ्रमण प्रधानमन्त्रीको उपस्थितिमा हुने

    बुटवल १३ कात्तिक/ संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा शनिबार राति नेपाल आएका गुटरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन् ।

    images

    लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको हो । महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने  उपाध्यक्ष डा लामाले जिकिर गरे ।

    उनले महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय भन्दै भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने दाबी गरे ।  उनले महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत  गर्ने  गरी आफूहरूको तयारी रहेको खुलाएर । स्थानीयले फुल माला लगाइदिने छन् । अन्य आत्मीय स्वागतको सबै तयारी भएको  लुम्बिनी विकास कोष प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

    उनले बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति सहरको परिकल्पनामा आधारित  गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।  


    तेस्रो आँखा