टरिगाउँ एयपोर्टको धावनमार्ग आसपासमा झाडी सरसफाई

टरिगाउँ एयपोर्टको धावनमार्ग आसपासमा झाडी सरसफाई


  • 5.2K
    SHARES
    • कार्तिक १४, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.9K Views

    टरिगाउँ एयपोर्टको धावनमार्ग आसपासमा झाडी सरसफाई

    अञ्जना चौधरी, तुलसीपुर १४ कात्तिक/ दाङस्थित टरिगाँउ एयरपोट भित्रको झाडी सरसफाई गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ टरिगाँउस्थित एयरपोर्टको धाबन मार्ग आसपासमा झाडीका कारण जीव जन्तुहरु आउन सक्ने संभावनालाई मध्यनजर गर्दै झाडी सरसफलाई गर्न थालिएको हो । 

    images

     धावन मार्ग आसपासमा बाक्लो झाडी फैलिदा जाँदा त्यहाँ चराका साथै  कुकुर तथा बिरालोपनि देखिन थालेको हुँदा आवश्यक साबधानी अपनाउँनका लागि झाडी सरसफाई अभियान थालिएको तुलसीपुरकी उपमेयर श्यानी चौधरीले बताइन । 

    स्रोतका अनुसार आइतबार मात्रै धावन मार्ग नजिकै कुकुरदेखिएको हुँदा जहाज केही बेर आँकाशमै होल्ड गर्नु परेको थियो । 

    उपमेयर चौधरीका अनुसार आइतबारदेखि एयरपोर्टको धावन मार्ग आसपासको झाडी सफा गर्न थालिएको हो । यद्यपी गत बर्षपनि उनले एरपोर्टको धावन मार्ग विस्तार गर्ने भन्दै यसै गरि नगरका जेसिबी लगाएतका उपकरण प्रयोग गरि घाँस र झाडी मात्रै काट्न लगाएकी थिइन । 

    टरिगाउँ विमान स्थलका कार्यालय प्रमुख चेतराज भट्टलेपनि एरपोर्ट भित्र झाडी तथा घाँस बाक्लो रहेको हुँदा  चरा तथा अन्य साना जनावरको मुभमेन्ट रहेको हुँदा सरसफाईले जहाज अबतरण तथा उडानमा सहजता हुने बताए । आइतबार  प्लेन ल्याण्ड गर्ने क्रममा धावन मार्ग नजिकै कुकुर देखिएको हुँदा केही बेर आँकाशमा प्लेन होल्ड गर्नु परेपछि  फेरि त्यस्तो समस्या नदोहोरियोस भनेर धावन मार्ग आसपासमा  सफाईको काम गर्नु परेको उनले बताए । 

    २०११ सालदेखि संचालमा आएको टरिगाउँ एयरपोर्ट त्रिभुवन विमानस्थल पछिको दोस्रो पुरानो एयरपोर्ट हो । लुम्बिनीको राजधानी दाङ भइ सक्दापनि हालसम्म जिल्लाको एक मात्र यही एयरपोर्टको समेत स्तर उन्नती हुन सकिरहेको छैन । ७ सय ५० मिटर लम्बाई र ३० मिटर चौडाईमा मात्रै धावन मात्र कालो पत्रे गरिएको हुँदा यहाँ १९ सिटे जहाज मात्रै अबतरण गर्न सक्छन् । 

    यस्को धावन मार्ग विस्तार गर्ने बारेमा लामो समयदेखि बहस र छलफलहरु हुँदै आएको भएपनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । बिभिन्न समयमा प्रधानमन्त्रीदेखि पर्यटन मन्त्री र लुम्बिनीका मुख्यमन्त्रीदेखि दलका शिर्ष नेताहरुले समेत यो एयरपोर्टको धावन मार्ग विस्तार गर्ने वचन बद्धता प्रकट गर्दै आइ रहेको भएपनि काम भने हुन सकिरहेको छैन । पछिल्लो समय तुलसीपुरकै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र यही क्षेत्रबाट निर्वाचित अर्थमन्त्री धनबहादुर मास्कीले आँफु मुख्यमन्त्री र अर्थमन्त्री भएपछि दाङ आउँदा एयरपोर्ट बिस्तारको क्रम सोही दिनदेखि सुरु हुने दाबी गरेपनि उनीहरुले भने अनुरुप पटक्कै काम हुन सकिरहेको छैन । 

    दाङकै एक मात्र पुरानो एयरपोट सोचे अनुसार विकास हुन नसक्नु  र नियमित उडानपनि नुहुनेले गर्दा जिल्लाका यात्रुहरुपनि नेपालगञ्ज वा भैरहवा गएर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउने गर्छन । जब सम्म धावन मार्ग विस्तार हुँदैन र एटिआर सम्मका जहाजहरु अबतरण गर्न सक्दैनन् तब सम्म उडानपनि नियमित नहुने तथा भाडापनि नेपालगंजको तुलनामा महंगो पर्न जाने सरोकारवालाहरु बताउँछन् । 

    हाल यो एयरपोर्ट बाट मंंगलबार र बुधबार बाहेक अन्य दिनहरुमा दाङ– काडमाडौं उडान हुँदै आएको छ ।


    तेस्रो आँखा