काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा जारी बन्दसत्रमा आज ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका छन् ।
११ समूहले निष्कर्ष सुनाएपछि आजको छलफल सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । बाँकी १४ वटा समुहले भोली बिहीबार बिहान ११ बजेदेखि पुनः सुरुहुने सभामा आफ्नो भनाई राख्ने छ ।
अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ । आज गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालन सम्बन्धी आचारसंहिता प्रस्तुत गरेका थिए ।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्रीले निष्कर्ष प्रस्तुत गरेका थिए ।
गण्डकी प्रदेशका प्रतिनिधि रहेको गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउने व्यवस्था गर्नुपर्ने भनेको छ । समूह १० ले सुझावमा भनेको छ, पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक (सरकारी) विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्छ ।
उक्त समूहले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको आचरण तय गर्नुपर्नेका साथै प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि पार्टीको कुरा स्पष्ट पार्नेपर्ने सुझाव दिएको छ ।
केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए । महाधिवेशनको पाँचौं दिन भोली बिहान ११ बजेदेखि बन्दसत्र पुनः सञ्चालन हुनेछ । थप १४ समूहले बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।
चौथो दिनको (प्रेस नोट)
१.आठौं राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार अपरान्ह १ बजे अध्यक्ष मण्डलका सदस्य क। गिरिराजमणि पोखरेलले बन्द सत्र सञ्चालन सम्बन्धी आचारसंहिता सुनाउनु भएपछि बन्द सत्रको कार्यक्रम अगाडि बढ्यो।
२. बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष क। पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपरान्ह सवा १ बजेबाट बन्द सत्रमा शुरु भएको थियो। राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो।
३.समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं। २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं। १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो।
४.आठौं राष्ट्रिय महाधिवेशनको पाँचौं दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र सुचारु हुनेछ। बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।
