काठमाडौं, १४ पुस । पछिल्लो समय मौसम परिवर्तनसंगै पहाडी तथा उच्च भूभागमा हिमपातका कारण जनजिवन प्रभावित भएको छ । तपाईमा चिसो बढ्नुका साथै सितलहर सुरुभएको छ ।
सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ । आज बसेको मन्त्रिषिदको बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको छ । त्यस्तै सरकारले भोलि तमु ल्होसरको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
