घाइतेहरुहरुका लागि स्याहार केन्द्र निर्माण हुने

घाइतेहरुहरुका लागि स्याहार केन्द्र निर्माण हुने


  • 3.1K
    SHARES
    • कार्तिक १७, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    घाइतेहरुहरुका लागि स्याहार केन्द्र निर्माण हुने

    दाङ, १७ कात्तिक/ लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाका लागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

    images

    उनका अनुसार राप्ती गाउँपालिकाका बिभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ । ‘जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुका लागि स्याहार केन्द्र स्थापनाका लागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौं, राजधानी क्षेत्रको राप्ती गाउँपालिकाका बिभिन्न ठाउँमा जग्गाको अवलोकन गरेका छौं’, उनले भने ‘जग्गा प्राप्तीसँगै प्रक्रिया अघि बढ्छ ।’ 

    स्याहार केन्द्र स्थापनाका लागि २० विघा जति जग्गा चाहिने उनले बताए । घाइते परिवारलाई जीवनयापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार पनि गर्ने र आयआर्जनमा पनि जोड्ने गरि स्याहार केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाइ छ ।

    त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ मा दुई करोड बजेट बिनियोजन गरेको छ ।


    तेस्रो आँखा