रिगललाई बाँके अदालत  लगियो

रिगललाई बाँके अदालत  लगियो


  • 3.2K
    SHARES
    • कार्तिक १७, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    रिगललाई बाँके अदालत  लगियो

    बाँके, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो ।

    images

    बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ।

    रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासँग झडप हुन सक्ने धेरैले आङ्कलन गरेका छन्। किनकि झडपकै डरले यसअघि रिगललाई नेपालगन्ज ल्याउन दिइएको थिएन । २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ।


    तेस्रो आँखा