• ट्रेण्डिङ्ग :
राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत


  • 3.6K
    SHARES
    • कार्तिक १७, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

    काठमाडौँ, १७ कात्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।  बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसो बारेमा जानकारी गराएकी हुन् ।

    images

    फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मिति २०८० मंसीर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको बताइन् ।

    त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औँ सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

    चीनको सांघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायीकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रवक्ता शर्माकाअनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रष्टको कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।


    तेस्रो आँखा