काठमाडौं । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्यालले बताए। मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अल्बेनिक ३०औँ डिस्ट्रिक्ट’ लगायतका दुई कार्यक्रममा सहभागी हुने अमेरिका जाने भएका हुन्।
