• ट्रेण्डिङ्ग :
डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते


  • 2.9K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं :  डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

    images

    दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले जानकारी दिए। उनका अनुसार ८ महिनाको बच्चसहित  तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जिप खोलामा रहेको र उद्दारमा कठिनाइ भएको उनले बताए। 

    दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ। 


    तेस्रो आँखा