• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको महाधिवेशन : निर्वाचन कार्य तालिका आजै आउने 

माओवादी केन्द्रको महाधिवेशन : निर्वाचन कार्य तालिका आजै आउने 


  • 6.3K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    माओवादी केन्द्रको महाधिवेशन : निर्वाचन कार्य तालिका आजै आउने 

    काठमाडौं, १५ पुस। नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको आठोँ राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका आजै ल्याइने भएको छ। महाधिवेशनमा भइरहेको समूहगत छलफल सकिएलगतै आजै निर्वाचन कार्यतालिका सार्वजनिक हुने पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए। 

    images

     प्रतिनिधिहरुले आज पनि राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने छ। बुधबारबाट सुरु भएको निष्कर्ष सुनाउने क्रममा ११ वटा समूहका टोली नेताले आफ्ना धारणा राखिसकेका छन्।। २५ समूह बनाएर अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेन र देव गुरुङले पेस गरेको विधान मसौदामाथि छलफल भएको हो। 

    छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ।

     समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ। 


    तेस्रो आँखा