कला र संस्कृतिलाई संरक्षण गर्न ज्ञान ज्योतिमा तिहार मेला 

कला र संस्कृतिलाई संरक्षण गर्न ज्ञान ज्योतिमा तिहार मेला 


  • 6.2K
    SHARES
    • कार्तिक २२, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.5K Views

    कला र संस्कृतिलाई संरक्षण गर्न ज्ञान ज्योतिमा तिहार मेला 

    तुलसीपुर, २२ कात्तिक । ज्ञान ज्योति मावि तलसीपुरमा तिहार मेला २०८० सम्पन्न भएको छ । बुधबार विद्यालयका शिक्षक तथा कक्षा १ र २ का विद्यार्थीहरुको आयोजनामा तिहार मेला भएको हो । मेलामा तिहारमा आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तथा परिकारहरुको प्रर्दशनी गरिएको थियो ।

    images

    प्रर्दशनीमा सेलरोटी, फिनी, अनरसा, पुरी, मौसमी फलफुल तथा जाति बिशेषका परिकारहरु योःमरी, ढिक्री लगायतका खानेकुराहरु राखिएको थियो । प्रर्दशनीमा राखिएका परिकारहरुको प्लेगुप्र देखि कक्षा १० सम्मका विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

    ddb62964-e42f-4f44-8f10-44b026cfb913.jpg

    परम्परागत रुपमा मनाइदै आएको तिहारको महत्व, कला संस्कृतिलाई संरक्षण गर्ने र विद्यार्थीहरुलाई सामग्रीहरु किनबेच गर्ने तरिका र खुद्रा पैसा सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयका संयोजक राकेश डाँगीको विशेष सक्रियतामा भएको उक्त कार्यक्रमको उद्घाटन विद्यालयका सुप्रिन्टेन्डेन्ट प्रमोद सुवेदीले गरेका थिए । त्यस अवसरमा विद्यालयका भाइस प्रिन्सिपल मनोज केसीले मेलाको अवलोकन तथा निरीक्षण गरेका थिए ।

    6c5283a2-78af-4aed-80c3-0d0fc34a52f1.jpg


    तेस्रो आँखा