• ट्रेण्डिङ्ग :
नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपत् व्यवस्थापन प्रतिकार्य तालिम

नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपत् व्यवस्थापन प्रतिकार्य तालिम


  • 2.7K
    SHARES
    • कार्तिक २५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपत् व्यवस्थापन प्रतिकार्य तालिम

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपत् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ।

    images

    यही कात्तिक २० गतेदेखि सञ्चालित तालिममा विपत् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ। 

    तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्वोडियाका प्रतिनिधिको सहभागिता थियो। ५ दिनसम्म चलेको सो तालिममा क्रममा काठमाडौं र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ। 

    तालिमको समापन गर्दै नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले विभिन्न प्राकृतिक प्रकोपबाट नेपाली सेनाले सिकेका पाठ, अन्य राष्ट्रमा विपत् न्यूनीकरण गर्न अपनाइएका अवधारणा र सहभागी राष्ट्रको अनुभव आदानप्रदान तथा सहकार्यले भविष्यमा आउन सक्ने प्रकोपलाई सामना गर्न र खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे। 

    विपत् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ। उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपत् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ। समापन समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनको समेत उपस्थिति रहेको थियो। 


    तेस्रो आँखा