दाङ २६ कात्तिक/ बीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर १ मा पूर्व विद्यार्थी सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपानेको अध्यक्षता तथा पहिलो पटक बिद्यालयबाट वि.स. २०४० सालको एसएलसी परिक्षामा सम्मिलित भई सफल भएका चन्दन सिंह गुरुङको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा न १ का अध्यक्ष हुमाकान्त साप्कोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्देश्य विद्यालयको समग्र विकासका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्नको लागि तथा पूर्व बिद्यार्थीहरु विचको भेटघाट रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा पूर्व विद्यार्थीहरुको तर्फबाट विनोद शर्मा, डा।लोकराज पराजुली, खुम प्रसाद भन्डारी, खगेश्वर भन्डारी, हिमाल कंडेल, सेबकराम भन्डारी, तुलसी गिरी, डा। कुमार आचार्य, प्रेम नेपाली, योगमाया योगी, तुलसी राणा, चुडामणी ढकाल लगाएतका व्यक्तिहरुले विद्यालयको समग्र विकासका लागि आफ्नो प्रतिबद्धता सहितको मन्तव्य राख्नुभएको थियो। सम्मेलनले डा। लोकराज पराजुलीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेको छ ।
जसको उपाध्यक्षमा विनोद शर्मा, सचिवमा हिमाल कंडेल, कोषाध्यक्षमा पारेश्वर भट्टराई, सह(सचिवमा योगमाया योगी, सदस्यहरुमा प्रकाश भट्टराई, प्रेम नेपाली, तुलसी राना र सल्लाहकारमा डा. कुमार आचार्य, खगेश्वर भन्डारी र तुलसी गिरी चयन हुनुभएको छ । विद्यालयका शिक्षक फस्ट बहादुर रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रधानाध्यापक टोप बहादुर घर्तीले गर्नुभएको थियो । वि.स २०१७ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक आज उक्त कार्यक्रम गरेको हो ।
