ठूला दलनै ‘टुक्रे’ संगठनसँग मोलमोलाईमा/संवैधानिक हैसियत नभएका संगठनबीचको एकता ‘प्रोपोगाण्डा’मात्रै 

ठूला दलनै ‘टुक्रे’ संगठनसँग मोलमोलाईमा/संवैधानिक हैसियत नभएका संगठनबीचको एकता ‘प्रोपोगाण्डा’मात्रै 


  • 11.5K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.8K Views

    ठूला दलनै ‘टुक्रे’ संगठनसँग मोलमोलाईमा/संवैधानिक हैसियत नभएका संगठनबीचको एकता ‘प्रोपोगाण्डा’मात्रै 

    काठमाडौं, १५ पुस । पछिल्लो समय नेपालमा प्रमुख राजनीतिक दलहरु संगठन विस्तारका नाममा गाउँ-शहरहरुमा नेता कार्यकर्ता खोसाखोस गर्दैछन् । भर्खरै उदायका पार्टी हुन वा आफूलाई ठूलो शक्ती सम्झीने दलहरुनै ‘टुक्रे’ संगठनलाई पार्टीमा भित्र्याउन उन मरिहत्ते गरेको देखिन्छ  । यसो त ठूला दलहरु नै ‘टुक्रे’संगठनहरु सँगको कार्यगत एकतामा रम्ने गरेका छन् भन्दा फरक नपर्ला । एक महिनाको अवधिमा विभिन्न दलहरुले थुप्रै नेता कार्यकर्ता भित्र्याएका छन्  । कुनै संगठनसँग पैसा छ त, कुनैसँग सानो संगठन छ, जसको पछि ठूला दलभन्नेहरुनै लागि परेको देखिन्छ । 

    images

    जनता समाजवादी पार्टी (जसपा) विभाजन भइसकेपछि महन्थ ठाकुरले लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) निर्माण गरे । अहिले उनी तराईका विभिन्न जिल्लामा संगठन विस्तारमा व्यस्त छन् । उनकै सिको गर्दै जसपा पनि पार्टीका अन्य सांगठनिक तथा नीतिगत्त भन्दा लोसपाले आफ्ना कार्यकर्ता लैजान्छ कि भन्ने त्रासले तराईका जिल्लामा संगठन विस्तारका काममा व्यस्त छ । यि दुवै दल पछिल्ला समय आ-आफ्ना केन्द्रीय समिति बैठक नै नबसी रात दिन कार्यकर्ता बटुल्न लागि परेका छन् । 

    त्यस्तै, अर्काे पार्टी हा, नेकपा एमालेसँग विद्रोह गरि जन्मिएको नेकपा एकिकृत समाजवादी पार्टी (एस) । अहिले सो पार्टीका सबै नेताहरु गाउँ केन्द्रीत भएका छन् । एउटै धारका दुई पार्टी एमाले र नेकपा एसका नेताहरुपनि कार्यकर्ता लुछाचुँडीमै व्यस्त छन् तर, संवैधानिक हैसियत नै नभएका ‘टुक्रे’ संगठनहरुसँगको कार्यगत एकता भन्दै लाखौं रकम खर्च गरेर गरिएका एकता सभाले केही प्रश्न उठाएको छ । 

    आफूलाई फरक धारको शक्ती भन्ने विवेकशील साझा पार्टीले ललितपुरमा गत मंसिर १८ गते भव्य कार्यक्रमकाबीच दुई पार्टीसँग एकता गर्यो । ‘सिटिजन्स डिसकशन फोरम’ र ‘राष्ट्रिय जनता दरबार पार्टी’ जसलाई राजनीतिक दलको संवैधानिक मान्यता नै छैन। 

    तर साझाले भव्य कार्यक्रमगरि दुई पार्टीलाई आफूमा सामेल गर्यो। लामो घोषणा पत्र जारी गर्दै एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने, एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेगरि कार्यगत एकता भयो । एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र हुने गरि सहमति भयो ।

    sajha-sajha-sajha.jpg

    हामीले यी दुई पार्टीका विषयमा निर्वाचन आयोगमा चासो राख्दा राजनीति आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले पार्टीले आफ्नो अस्तित्व कायम राख्न गरिने ‘प्रोपोगाण्डा’ मात्रै रहेको बताए । दलहरु एकिकरण हुनुपूर्वका प्रक्रियाहरु धेरै भएकाले त्यसलाई पार्टी एकता मान्न नहुने बताए । खासमा दल एकताका लागि दुवै पार्टीको विधान, उनीहरुको संगठन संरचना, नीति, चुनाव चिन्ह लगाएतका केही प्रक्रिया पुरा गर्नुपर्ने भएपनि आफूहरुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । 

    कुनै पनि दललाई राष्ट्रिय दलको मान्यता प्राप्त गर्न संवैधानिक प्रकृया पुरा गर्नुपर्छ ।  तर, ती दुई पार्टी भन्नेहरु एक भूमिगत संगठन वा एनजीओ आइएनजीओ मात्रै हुन भन्दा फरक पर्दैन । निर्वाचन आयोगले आइतबारसम्म दल दर्ताको अन्तिम समय निर्धारण गरेको थियो । त्यो समयमा आयोगमा १०४ दल मात्र दर्ता भएका छन् ।

    केही महिनाअघि आयोगले ४१ दललाई समयमा पार्टीको लेखा प्रतिवेदन नबुझाएको भन्दै खारेज गरेको थियो । यी दल त्यस भित्र पनि छैनन् भने पछि साझाले एकता गरेको भनेका पार्टी संगठन मात्रै हुन । राजनीतिक हैसियत नै नभएका साना—साना ‘टुक्रे’ संगठनहरुसँगको कार्यगत एकता कति फलिफाप होला ? साझाका अध्यक्ष रविन्द्र मिश्रले आफ्ना पार्टीका नेताहरुलाई निष्काशन गर्दै ‘टुक्रे’ संगठनसँगको एकता गरेको भन्दै आलोचना बढ्न थालेको छ । यी पार्टीका न कुनै एजेण्डा छन् न कुनै विचार नै । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पुर्व पुस ९ गते नेकपा मसाल (सर्म्पक केन्द्र) बीच एकता भयो । यो केन्द्र संवैधानिक रुपमा कतै कुनै निकायमा दर्ता छैन । मशालबाट विद्रोह गरेका केही व्यक्तीहरुले चिया गफका लागि संगठित भएको समूहसँग संवैधानिक मान्यता पाएको दलमा एकताको झ्याली पिट्नु कति जायज होला ? वैधानिक हैसियतमा नभएका संगठनका व्यक्ती आफ्नो एकल स्वार्थ पुरा गर्न पार्टी एकता गरेको देखिन्छ । यसअघि पनि धेरै एकताहरु भएका छन् । तर, नेपालमा पार्टीको कार्यगत एकता त्यति टिकेको भने देखिँदैन । 

    maobadi-masal_9fSpTTcpGb.jpg

    नेकपा एमालेबाट विद्रोहगरि छुटै एकिकृत समाजवादी पार्टी सञ्चालन गरेका नेता माधव कुमार नेपाल पनि पछिल्लो समय पार्टी एकता गर्ने, पार्टी प्रवेश गराउने जस्ता कार्यमा व्यस्त छन्। उनले पनि पुस १३ गते संवैधानिक अधिकार प्राप्त नगरेको संगठन नेकपा जनवादी पार्टीसँग एकता गरे । राष्ट्रियसभा गृहमा भव्य कार्यक्रममा आयोजना गरेर सो समूहका नेता कार्यकतालाई आफ्नो पार्टीमा सामेल गरे । 

    नेकपा (जनवादी) पार्टीले २०६२ सालमा जुनयुद्धकै बेला तत्कालिन नेकपा माओवादीबाट विद्रोह गरेर बाहिर आएको थियो । चुनवाङ बैठकबाट अध्यक्ष पुष्पकमल दाहालसँग कार्यदिशामा असहमति जनाउँदै विद्रोह गरेको नेकपा जनवादी माओवादी केन्द्रकै ८ औं महाधिवेशन चल्दै गर्दा सत्तारुढ एकिकृत समाजवादी पार्टीमा एकताबद्ध भयो । यस्ता 'टुक्रे' संगठनहरु मुलधारका पार्टीमा प्रवेश गर्नुले एक अर्थ राख्छ ।

    ekata.jpg

    संगठनका नेताहरुलाई नेतृत्वमा आउनु छ भने, मुलधारका पार्टीलाई कार्यकर्ताको संख्या बढाउनु छ ।हामीले यो रिर्पाेट तयार गर्दै गर्दा एकिकृत समाजवादी पार्टीले यहि १६ गते अर्काे संगठनसंग एकता गर्ने भन्दै सुचना प्रकाशित गर्यो । 

    270376121_4597866826997392_2376946305412005267_n.jpg

     

    राजनीतिक विश्लेषक तथा संविधानविद् चन्द्रकान्त ज्ञवाली अहिले ठूला दलहरुले आफ्नो हैसियत गुमाइसकेकाले राजनीतिक सतहमा आउन गरिएको एक तर्क मात्रै भएको बताए । उनले भने ‘यहाँ हर कोहीलाई नेता बन्नु परेको छ, नेता बन्नकै लागि दल बनाउने, संगठन बनाउने र ठूला दलसँग कार्यगत एकता गरेर नेताको हैसियत कायम गर्ने भन्दा अर्काे उपाय होईन’ उनले थपे ‘कानुन अनुसार दर्ता नभएका कुनैपनि संगठन देशकालागि राम्रो होइन, यस्ता संगठनले देशको आर्थिक भार मात्रै बढाउँदैनन् । राज्य संयन्त्रणलाई पनि कमजोर  बनाउँछन् ।’ 

    यतिमात्रै होइन नेपालमा पार्टी र शक्तीका नाममा अवैधानिक टुक्रे संगठनहरु सक्रिय छन् । अहिले तराईका राजमार्गमा विद्रोह गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता छैन । त्यस्तै, विद्रोहपछि शान्ती प्रक्रियामा आएको नेत्र विक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा मुलधारको राजनीतिमा आएपनि दर्ता भएको छैन । त्यस्तै, विश्वभक्त दुलाल (आहुँती) नेतृत्वको बैज्ञानीक समाजवादी कम्यूनिष्ट पार्टीपनि संवैधानिक रुपमा अघि बढ्न सकेको छैन ।

    राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा पेश गर्नुपर्ने कागजातहरु

    • विधान २ प्रति
    • नियमावली २ प्रति,
    • घोषणापत्र २ प्रति,
    • झण्डा,
    • लोगो,
    • छाप,
    • चुनाव चिन्ह रोज्ने,
    • राजनैतिक दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना,
    • राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
    • राजनैतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण,
    • विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
    • विधान वा नियमावलीमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
    • विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था,
    • दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था,
    • केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समितिको चयन, विधान पास गर्ने, झण्डा, लोगो कुन राख्ने चुनाव चिन्ह कुन रोज्ने निर्णय हुनुपर्ने, 
    • केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि,
    • निवेदन दर्ताको लागि सो निवेदनमा सवै केन्द्रीय समितिका पदाधिकारीहरुले हस्ताक्षर हुनुपर्ने,
    • निवेदन, विधान, नियमावली र घोषणापत्रका प्रत्येक पृष्ठमा केन्द्रीय समितिका सबै पदाधिकारीको हस्ताक्षर हुनु पर्ने,
    • दलको प्रत्येक तहको कार्यकारिणी समितिको गठन विधि र पदावधिको व्यवस्था हुनुपर्ने,
    • दलको पदाधिकारीको संख्या र निर्वाचन प्रक्रिया,
    • दलको विधान संशोधन सम्बन्धी प्रक्रिया,
    • दलको विघटन सम्बन्धी व्यवस्था,
    • दल दर्ताको निवेदन नेपालको अन्तरिम संविधान, २०६३ र राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम हुनु पर्ने ।
     

    दर्ता भएका राजनीतिक दलहरु (अधावधिक सुची)