• ट्रेण्डिङ्ग :
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन


  • 2.4K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन

    रुकुम ३ मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    images

    रुकुम पूर्व आएका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए । प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यहाँ पुगेका हुन् ।

    यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रूपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् । रासस


    तेस्रो आँखा