• ट्रेण्डिङ्ग :
स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३७ घाइते

स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३७ घाइते


  • 2.8K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३७ घाइते

    काठमाडौं । उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो । गम्भीर घाइते १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

    अन्नपूर्ण विद्यालयको बस त्यहीँका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा