• ट्रेण्डिङ्ग :
नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी फेल

नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी फेल


  • 4.6K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.1K Views

    नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी फेल

    काठमाडौं, १० मंसिर । नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।

    images

    परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् । यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३)  प्रतिशत उत्तिर्ण भएका छन् ।

    यस्तै, बीएस्सी नर्सिङमा पनि पहिलादेखि नै फेल भएका विद्यार्थीहरु सहभागी भएकाले पनि परीक्षा नतिजा राम्रो नदेखिएको प्रजापतिले बताइन् । शनिबार विहान ९ देखि ११ः३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।


    तेस्रो आँखा