काठमाडौं, १६ पुस । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र अखिल छैटौँ अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रुपमा जारी गरेका छन् ।

