इटालियन पेस्तोल बरामत 

इटालियन पेस्तोल बरामत 


  • 6.5K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    इटालियन पेस्तोल बरामत 

    तनहुँ,१६ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीका २६ वर्षीय निनु कुमार श्रेष्ठको कोठाबाट खाली म्याग्जिन सहितको १ थान इटालियन पेस्तोल बरामत भएको छ । 

    images

    सोहि नगरपालिका–३ कार्कीडाँडा डेरा गरी बस्ने श्रेष्ठको कोठाबाट नियन्त्रित लागूऔषध स्पाम्सो प्रोक्सिभिन ५४ चक्की, नाईट्राभेट १ सय ९२ चक्की, डाईजेपाम १ सय ३३ एम्पुल, नुर्फिन १ सय ३४ एम्पुल, फेनारागन १ सय ३६ एम्पुल पनि बरामद भएको प्रहरीले जनाएको छ । 

    श्रेष्ठले हतियार तथा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त वस्तु बरामद गरेको जनाएको छ । फरार निनुकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पेस्तोल

  • तेस्रो आँखा
    लेखकबाट थप