• ट्रेण्डिङ्ग :
बेलायत रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट

बेलायत रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट


  • 3.0K
    SHARES
    • मंसिर १२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    बेलायत रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट

    काठमाडौं , १२ मंसिर /  बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

    images

    वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।

    अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ ।

    बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो ।

    नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो । जसअनुसार १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

     


    तेस्रो आँखा