• ट्रेण्डिङ्ग :
हिमाली भू-भागमा हिमपातको सम्भावना

हिमाली भू-भागमा हिमपातको सम्भावना


  • 2.8K
    SHARES
    • मंसिर १६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    images

    कोशी, गण्डकी  र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

    महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा