राप्रपासँग साझाका अध्यक्ष मिश्रको हिमचिम, पार्टी एकता होला ?

राप्रपासँग साझाका अध्यक्ष मिश्रको हिमचिम, पार्टी एकता होला ?


  • 7.1K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    राप्रपासँग साझाका अध्यक्ष मिश्रको हिमचिम, पार्टी एकता होला ?

    काठमाडौं, १६ पुस । संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पछिल्लो समय राप्रपा नजिक देखिएका छन् । आफूलाई वैकल्पीक धारको राजनैतिक शक्तीका रुपमा परिभाषीत गरेका अध्यक्ष मिश्रको यही दस्तावेजका कारण पार्टीमा आन्तरिक किचलो बढ्दो छ । 

    images

    ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए । जसको पार्टीभित्र र बाहिर चर्काे आलोचना भएको थियो  । जुन दस्तावेजको विरुद्धमा पार्टीका संयोजक मिलन पाण्डे लगायतका नेताहरुले व्यापक विरोध गरेका थिए । उनको दस्तावेजमा विरोध हुन थालेपछि अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई पटक-पटक पार्टीबाट निलम्बन गरेका थिए, भने पार्टीको बैठकमा बोलाउन छोडेका    थिए ।

    त्यहि क्रममा अध्यक्ष मिश्रले केहिदिन पहिले मात्रै संयोजक पाण्डेलाई साधारण सदस्यतापनि नहरनेगरि निष्काशन गरेका छन् । 
    उनले दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरूमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी भनेका थिए । उनको दस्तावेजमा राजनीतिक–सामाजिक एजेण्डा, राजनीतिक–आर्थिक एजेण्डा, परिशिष्टः भावना र भूमिका जस्ता थुप्रै विषय यि र यस्ता विषय उल्लेख गरेका थिए । उनको राजनीतिक दस्तावेजलाई उनि निकट नेताहरुको बैठकमा पारित भएपछि पार्टीमा थप विवाद बढेको   थियो  ।

    पार्टीमा आफ्ना विरोधीलाई पाखा लगाएका अध्यक्ष मिश्रले आज शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर राणासंग भेटगर्दै सामुहिक तस्विर सार्वजनिक गरेका छन् । नेताहरुलाई निष्काशन गर्दै एकलौटी ढंगबाट पार्टी सञ्चालन गरिरहेका मिश्रको पछिल्लो गतिविधि हेर्दा उनि पछिल्लो समय राजतन्त्रसंग नजिक भएको देखिन्छ ।

    पार्टीमा आफू विरोधी नेताहरुलाई पाखा लगाईसकेपछि उनका केहि गतिविधी शंकास्पथ र अट्कल गर्न लाएका   छन् । हुन त उनको व्यक्तीगत जिवन हो के गर्ने के नगर्ने उनको विषयमा हामी नजाउँ तर, केहीदिनका गतिविधि उनले फेसबुकमा पोष्ट गरेका विषय वस्तुलाई नजिक बाट नियाल्ने मौकालाई हामीले छोडेनौं ।

    पुस १६ गते शुक्रबार उनले विहानै फेसबुकमा लेख्दै भनेका छन् । बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु । 

    rabindra 01.JPG
    उनको यो लेखाइले के प्रष्ट हुन्छ भने आफ्नो विरोधीलाई पाखा लगाईसके पछि पार्टीभित्रको सबै स्वामित्व एक्लै हत्याएका मिश्रलाई अब कुनै पार्टीसँग एकताको डोरीमा कसिन अप्ठेरो छैन । उनको यो भाव लाई कतिले साझाको विलय भनेका छन् । आफ्नै नेताहरुलाई पार्टीबाट निष्काशन गरि एकलौटी पार्टी हाकिरहेका अध्यक्ष मिश्रलाई आगामी निर्वाचनमा अप्ठेरो पर्ने  देखिन्छ ।

    जसले गर्दा उनि पार्टी एकताकालागि राम्रो शक्ती खोज्दैछन् । नाम नभन्ने शर्तमा एक नेताले भने..अध्यक्ष मिश्र जि र हाम्रो पार्टीको एजेण्डा मिल्छ । र उहाँलाई पार्टीमा एक्लै चुनौति छ, त्यसैले कसै न कसैसंग एकता गरे राम्रो । तर, हामीसंगै हुन्छ भन्ने चाँही नहुन सक्छ । उनको भनाईमा पनि कतै मिश्र राप्रपामा नै विलय हुन खोजका त होइनन्..? भन्ने प्रश्न उव्जाएको  छ । 

    हिजो बीबीसी नेपाली सेवामा रहदा पत्रकारका हैसियतमा मिश्रले खुलेरै राजाको विरुद्धमा प्रश्न गरेकै हुन । २०६२, ०६३ को जन आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि भूमिका नखेलेका पनि होइन, तर पछिल्लो गतिविधीले उनि राजसंस्था प्रति बढ्दो मोह राखेको देखाएको छ । उनीका केही दिनअघिका सामाजिक सञ्जालमा पोष्टीएका विषयले यसको पुष्टी गर्छ । 

    rabindra 02.JPG

    राजनीतिक दस्तावेजमा फरक मत राखेकै कारण केहि नेताहरु पार्टीबाट निष्काशनमा परे । तर, राजनीतिक र संवैधानिक हैसियतनै नभएका दुई संगठनसँग लाखौं खर्च गरेर एकता   गरे । खासमा मिश्रलाई माघमा हुने राष्ट्रियसभाको अधिवेशन र बैशाखका लागि तय भएको स्थानीय तहको चुनावमा आफ्नो पार्टीलाई ल्याउने चटारो छ भन्ने बुझिन्छ । एक - एक्लै नभए कार्यगत एकता गरेर । राष्ट्रियसभामा १९ पदाका लागि निर्वाचन हुदैँछ ।

    Rabindra 03.JPG

    यसका लागि सत्तारुढ पाँचदल छलफलमा जुटिकसेका छन् । अध्यक्ष मिश्र राप्रपासँग राष्ट्रियसभाकालागि सहकार्य गर्दै गरेको जस्तो पनि देखिन्छ । पद र प्रतिष्ठालाई बुझेका अध्यक्ष मिश्र सकभर प्रतिनिधिसभा सदस्य त्यो नभए राष्ट्रियसभा सदस्यहुनलाई पछि नपर्ने उनि निकट स्रोतको भनाई छ । तर, यति सहजै मिश्रले राष्ट्रियसभामा प्रवेश पाउने संभावना भने देखिदैन । राप्रपाबाट प्रतिनिधिसभामा एक सिटमात्रै छ । राष्ट्रियसभामा शुन्य ।

    यसका लागि साझालाई राप्रपासँगको कार्यगत एकता फलिफाप हुने हो किन भन्ने देखिन्छ । अर्काे कुरा यदि साझा पार्टी राप्रपासँग एकता भएमा अहिलेको महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गरेको पार्टीमा आफ्नो स्थान सुरक्षीत हुने ठाँउ उनले देखेका छन् । पुर्व पञ्चहरुहरुको बाहुल्यता रहेको पार्टीबाट लिङदेन नेतृत्वमा आउनु चुनौति थियो। अब राप्रपामा लिङदेनपछिको अस्तीको खोजी अहिलेदेखिनै सुरुभएको देखिन्छ। हुन त लिङदेन आउदै गर्दा उनका पछि उनि समान नेताहरुपनि आएका छन् ।   

    मिश्रलाई अवसरलाई आफ्नो मुट्ठीमा कस्न सक्ने नेताका रुपमा उनै नेताहरु अथ्र्याउछन् । हुन त अहिले यी दुबै पार्टीको एजेण्डा मिल्दा जुल्दा जस्तै देखिन्छन् । र दुई पार्टीको बीचको एकतालाई कुनै नयाँरुप दिन सकिदैन । तर, पनि आफूलाई अलग शक्तीकारुपमा परिभाषीत गर्न खोजेको साझालाई राप्रपा अध्यक्ष लिङदेन र महामन्त्री राणासँगको चिया गफ कति फलिफाप र सार्थकता बन्ने हो त्यो भने हेर्न बाँकी नै छ । 

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # साझा

  • तेस्रो आँखा
    लेखकबाट थप